निरन्तर घट्दै बैंक ब्याजदर, मंसिरमा थप घट्यो

निरन्तर घट्दै बैंक ब्याजदर, मंसिरमा थप घट्यो
  • १ मंसिर २०८२, आईतवार ११:२३

काठमाडौं । नेपालमा रहेका २० वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकको तुलनामा थप घटाएका छन् ।

mulpatra

२० बाणिज्य बैंक मध्ये १० वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । १० बैंकहरूले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

वाणिज्य बैंकहरूबमे सार्वजनिक ब्याजदर विश्लेषणमा मंसिरमा अधिकतम औसत ब्याजदर ० दशमलव १६ प्रतिशत विन्दुले घटेर ५ दशमलव ०४०५ प्रतिशत कायम भएको छ, जुन कात्तिकमा ५ दशमलव २००५ प्रतिशत रहेको थियो ।

ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन् । कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकहरूले भने आफ्नो ब्याजदरलाई स्थिर राखेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ६ प्रतिशत सम्म ब्याजदर राखेको छ । बैंकहरूमा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएर कर्जा प्रवाह समेत हुन नसक्नुले बैंकहरु कर्जाको ब्याज घटाउन वाध्य भएका छन् ।