७ हजार घट्यो सुनको मुल्य

७ हजार घट्यो सुनको मुल्य
  • १ मंसिर २०८२, आईतवार ११:५८

काठमाडौं– आइबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार ५०० रूपैयाँ घटेको सुनको मूल्य आज एकैदिन ६ हजार ९०० रूपैयाँ घटेको छ ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ४२ हजार ८०० रूपैयाँ तोकिएको छ । गत बिहिबार सुनको मूल्य एकैदिन ५ हजार ९०० रूपैयाँ बढेको थियो ।

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रतितोला १५० रूपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ तोकिएको छ । गत शुक्रबार चाँदी ३ हजार २ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।