सरकारी खर्चको नाजुक चित्र, बजेट खर्च २३ र पूँजीगत खर्च ६ प्रतिशत

सरकारी खर्चको नाजुक चित्र, बजेट खर्च २३ र पूँजीगत खर्च ६ प्रतिशत
  • २ मंसिर २०८२, सोमबार १५:१९

काठमाडौं– चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकमा कुल बजेटको २३.८७ प्रतिशत मात्रै खर्च भएको छ ।

mulpatra

सरकारी आम्दानी र खर्चको अभिलेख राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउनदेखि कात्तिक ३० गतेसम्ममा सरकारले ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले गत जेठ १५ मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । कार्तिक मसान्तसम्म् खर्चको अवस्था हेर्दा चालुतर्फ २७.१८, पूँजीगततर्फ ६.२१ र वित्तिय व्यवस्थापनतर्फ ३२.६७ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले चालु शिर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये कात्तिक मसान्तसम्म ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।

पूँजीगत शिर्षकमा रु ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख बजेट बिनिययोजन भएकोमा समिक्षा अवधिमा २५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

यस्तै वित्तीय व्यवस्थापन शिर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ खर्च भएको छ ।