Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मंसिर ७ गतेदेखि प्रसाईँले मेचीदेखि महाकाली ठप्प पार्ने, परिवर्तन नभएसम्म सडक बस्ने घोषणा

मंसिर ७ गतेदेखि प्रसाईँले मेचीदेखि महाकाली ठप्प पार्ने, परिवर्तन नभएसम्म सडक बस्ने घोषणा
  • २ मंसिर २०८२, सोमबार १५:५४

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आगामी मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।

mulpatra

आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरे । व्यवस्था परिवर्तन नभएसम्म आन्दोलनमै बस्ने उनको घोषणा रहेको छ ।

व्यवस्था परिवर्तन नभएरसम्म महेन्द्र राजमार्गमा छ्याप्पै बस्ने बताउँदै उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुने बताए । प्रसाईले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आफ्नो आन्दोलन नरोकिने बताए । प्रसाईँले घरमै बसेर एनपीएल हेर्न पनि सुझाव दिए ।

mulpatra mulpatra mulpatra

प्रसाईंले भने, ‘व्यवस्था परिवर्तन नभएरसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ । थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’

देशै ठप्प भयो भने क्रिकेट खेलाडीहरु कसरी मैदानमा पुग्छन् भन्ने पत्रकारको प्रश्नमा उनले हचुवा जवाफ दिँदै भने, ‘खेलाडी त कुदेर पनि गइहाल्छन् नि । प्रश्नमाथि प्रश्न नगर्नुस् न ।’