प्रसाईलाई २४ घण्टाभित्र छाड्न नागरिक बचाउ दलको देशभरका जिल्ला प्रशासनमा ज्ञापनपत्र
काठमाडौं– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ ।

उनलाई सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं मध्यराति पक्राउ परेका हुन् । नागरिक बचाउ महाअभियानले प्रसाईलाई गुण्डागर्दी शैलीमा पक्राउ गरिएको विषयमा विरोध गदै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कार्यालयमा बुझाएको ज्ञापनपत्रमा प्रसाईलाई २४ घण्टाभित्र छाड्न भनिएको छ ।
सरकारले केन्द्रीय अध्यक्ष दुर्गा प्रसाई नचाहिदो विषयमा पक्राउ गरेको छ । उहाँ तत्काल सरकारले बिना शर्त छाड्नुपर्ने माग राख्नै हामीले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नागरिक बचाउ दलका सभापति माधव खतिवडा कल्पितले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|

प्रसाईँका समर्थकले जिल्ला प्रशासन कार्यालय काठमाडौंअघि अहिले नाराजुलुशसहित विरोध जनाइरहेका छन् । त्यहाँ प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । उनीहरूले प्रसाईँलाई छाड्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले डकुमेन्टेशन तयार गरिरहेको पाइएको छ । महाअभियानले सरकारले हुकुमी शासन देखाएको भन्दै मंसिर ७ गतेदेखि आन्दोलन नरोक्न दाबी गरेको छ ।



