Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

निर्दोष प्रसाई अंगरक्षक दिपक खडका होहल्लामा संलग्न नभएपनि प्रहरीले बिना आधार पक्रियो

निर्दोष प्रसाई अंगरक्षक दिपक खडका होहल्लामा संलग्न नभएपनि प्रहरीले बिना आधार पक्रियो
  • ४ मंसिर २०८२, बुधबार १२:०७

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईका अंगरक्षक दीपक खड्कालाई प्रहरी बिना कारण पक्रिएको छ । प्रसाईँ आफ्नो अभियानका कारण कानुनी झमेलामा पर्दै आएका छन् । उनका अंगरक्षक दिपक खड्कालाई पनि प्रहरीले उनीसँगै नियन्त्रणमा लिने गरेको छ ।

mulpatra

बैंक र लघुवित्तको चर्को ब्याजदरको विरोधका साथसाथै तिनै बैंक, लघुवित्त र सहकारी पीडितलाई सङ्गठित गरेर आन्दोलन समेत गरिसकेका पछिल्लो समय प्रसाईँले राजसंस्था पुनस्र्थापनासहितका २७ बुँदे राजनीतिक माग अघि सारेका छन् ।

उनलाई शान्ति सुरक्षा खल्बलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

mulpatra mulpatra mulpatra

आगामी मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने घोषणा गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । सरकारलेसमेत कुनै आन्दोलन नगरी वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरिरहँदा सुरक्षा खल्बनाउने तरिकाले आन्दोलनको तयारी गरेपछि उनी पक्राउ परेका हुन् । तर प्रसाईका अंगरक्षक खड्का भने यस कार्यमा संलग्न नभएपनि उनलाई प्रहरी पटक–पटक पक्राउ गदै आएको छ ।

प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ । सोही माग पूरा गर्न सरकारलाई दबाब दिन मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनी गएराति पक्राउ परेका छन् ।

प्रसाईँले हिंसा भड्काउन सक्ने निष्कर्षका साथ सरकारी योजना निर्देशनमा प्रहरी गएराति उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ ।

Image Source: © https://mulpatra.com