Close

Recent Posts

निर्दोष प्रसाई अंगरक्षक दिपक खडका होहल्लामा संलग्न नभएपनि प्रहरीले बिना आधार पक्रियो

निर्दोष प्रसाई अंगरक्षक दिपक खडका होहल्लामा संलग्न नभएपनि प्रहरीले बिना आधार पक्रियो
  • ४ मंसिर २०८२, बुधबार १२:०७

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईका अंगरक्षक दीपक खड्कालाई प्रहरी बिना कारण पक्रिएको छ । प्रसाईँ आफ्नो अभियानका कारण कानुनी झमेलामा पर्दै आएका छन् । उनका अंगरक्षक दिपक खड्कालाई पनि प्रहरीले उनीसँगै नियन्त्रणमा लिने गरेको छ ।

mulpatra

बैंक र लघुवित्तको चर्को ब्याजदरको विरोधका साथसाथै तिनै बैंक, लघुवित्त र सहकारी पीडितलाई सङ्गठित गरेर आन्दोलन समेत गरिसकेका पछिल्लो समय प्रसाईँले राजसंस्था पुनस्र्थापनासहितका २७ बुँदे राजनीतिक माग अघि सारेका छन् ।

उनलाई शान्ति सुरक्षा खल्बलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आगामी मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने घोषणा गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । सरकारलेसमेत कुनै आन्दोलन नगरी वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरिरहँदा सुरक्षा खल्बनाउने तरिकाले आन्दोलनको तयारी गरेपछि उनी पक्राउ परेका हुन् । तर प्रसाईका अंगरक्षक खड्का भने यस कार्यमा संलग्न नभएपनि उनलाई प्रहरी पटक–पटक पक्राउ गदै आएको छ ।

प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ । सोही माग पूरा गर्न सरकारलाई दबाब दिन मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनी गएराति पक्राउ परेका छन् ।

प्रसाईँले हिंसा भड्काउन सक्ने निष्कर्षका साथ सरकारी योजना निर्देशनमा प्रहरी गएराति उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ ।