जेनजीको आरोप बारामा एमालेका नेताले सुशिलाका भुतवा भन्दै हातपात गरे, एमाले भन्छन् सामान्य विवाद भएकै हो
काठमाडौं– बारामा जेनजीको शान्तिपूर्ण प्रदर्शनमा एमालेका स्थानीय नेताहरूले आन्दोलनमा उत्रिएको युवालाई हातपात गरेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२ अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का कैमदिन अन्सार, वडा नम्बर ७ सुनिल गुप्तासहितका एमाले कार्यकर्ताहरूले हातपात गरेको जेनजी युवाको आरोप छ ।

सम्राट उपाध्यायका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्दै थियौँ । जितपुर सिमरा उपमहानगरपालिका–२ अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का कैमदिन अन्सार, वडा नम्बर ७ सुनिल गुप्तासहित केही नेताले हातपात गरेको उनको आरोप छ । उनी बारामा जेनजीको विभिन्न कार्यक्रममा सक्रिय छन् ।
‘अब हामीलाई पिट्नेहरूलाई कारबाही हुनुप¥यो । यहाँका एसपी, डीएसपीको सरुवा हुनुप¥यो भन्दै आतंक मच्चाउने महेश बस्नेतलाई पक्राउ गर्नुप¥यो ।’ उनले भने ।
सुशिला कार्कीका भतुवा भन्दै हातपात गरेको जेनजीका युवाको आरोप छ ।
जेनजीले अहिले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । ’अहिले टायर बालेर प्रदर्शन गरिरहेका छौँ। हामीले विमास्थलको गेट तोडेको हो भित्र केही पनि बिगारेको छैनौँ ।’ उनले भने ।
जितपुर सिमरा उपमहानगरपालिका–२ अध्यक्ष धनबहादुर श्रेष्ठले आफुले आक्रमण र हातपात नगरेको बताए । सामान्य विवाद चाहि भएको हो । तर हातपात भएको होइन । बढी हल्ला मात्र गरिएको उनको भनाइ छ । प्रदर्शन भएपछि बारा प्रशासनले कफ्र्यु जारी गरेको छ। एमालेले पनि नजिकै कार्यक्रम गरिरहेको छ।
