Close

Recent Posts

जेनजीको आरोप बारामा एमालेका नेताले सुशिलाका भुतवा भन्दै हातपात गरे, एमाले भन्छन् सामान्य विवाद भएकै हो

जेनजीको आरोप बारामा एमालेका नेताले सुशिलाका भुतवा भन्दै हातपात गरे, एमाले भन्छन् सामान्य विवाद भएकै हो
  • ४ मंसिर २०८२, बुधबार १५:१८

काठमाडौं– बारामा जेनजीको शान्तिपूर्ण प्रदर्शनमा एमालेका स्थानीय नेताहरूले आन्दोलनमा उत्रिएको युवालाई हातपात गरेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२ अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का कैमदिन अन्सार, वडा नम्बर ७ सुनिल गुप्तासहितका एमाले कार्यकर्ताहरूले हातपात गरेको जेनजी युवाको आरोप छ ।

mulpatra

सम्राट उपाध्यायका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्दै थियौँ । जितपुर सिमरा उपमहानगरपालिका–२ अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का कैमदिन अन्सार, वडा नम्बर ७ सुनिल गुप्तासहित केही नेताले हातपात गरेको उनको आरोप छ । उनी बारामा जेनजीको विभिन्न कार्यक्रममा सक्रिय छन् ।

‘अब हामीलाई पिट्नेहरूलाई कारबाही हुनुप¥यो । यहाँका एसपी, डीएसपीको सरुवा हुनुप¥यो भन्दै आतंक मच्चाउने महेश बस्नेतलाई पक्राउ गर्नुप¥यो ।’ उनले भने ।
सुशिला कार्कीका भतुवा भन्दै हातपात गरेको जेनजीका युवाको आरोप छ ।

mulpatra mulpatra mulpatra

जेनजीले अहिले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । ’अहिले टायर बालेर प्रदर्शन गरिरहेका छौँ। हामीले विमास्थलको गेट तोडेको हो भित्र केही पनि बिगारेको छैनौँ ।’ उनले भने ।

जितपुर सिमरा उपमहानगरपालिका–२ अध्यक्ष धनबहादुर श्रेष्ठले आफुले आक्रमण र हातपात नगरेको बताए । सामान्य विवाद चाहि भएको हो । तर हातपात भएको होइन । बढी हल्ला मात्र गरिएको उनको भनाइ छ । प्रदर्शन भएपछि बारा प्रशासनले कफ्र्यु जारी गरेको छ। एमालेले पनि नजिकै कार्यक्रम गरिरहेको छ।