Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कांग्रेस संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगर्ने, थापा र शर्मालाई चुनौती

कांग्रेस संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगर्ने, थापा र शर्मालाई चुनौती
  • ५ मंसिर २०८२, बिहीबार १७:३२

काठमाडौं– नेपाली कांग्रेसका संस्थापन पक्षका अधिकांश नेताहरूले चुनावअघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभिएका छन् । महाधिवेशनको मितिमा कुरा नमिलेपछि अब केन्द्रीय समिति बैठक शनिवारको लागि बोलाइएको छ ।

mulpatra

सभापति शेरबहादुर देउवा निकटका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्ने पक्षमा रहे पनि अधिकांश नेताहरू आगामी वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला नियमित नभए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहे पनि त्यो कुरा स्वीकार्न संस्थापन पक्षका नेताहरू तयार छैनन् ।

पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताए। अहिले निर्वाचनमा केन्द्रित भएर वैशाखमा महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra