कांग्रेस संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगर्ने, थापा र शर्मालाई चुनौती

कांग्रेस संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगर्ने, थापा र शर्मालाई चुनौती
  • ५ मंसिर २०८२, बिहीबार १७:३२

काठमाडौं– नेपाली कांग्रेसका संस्थापन पक्षका अधिकांश नेताहरूले चुनावअघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभिएका छन् । महाधिवेशनको मितिमा कुरा नमिलेपछि अब केन्द्रीय समिति बैठक शनिवारको लागि बोलाइएको छ ।

mulpatra

सभापति शेरबहादुर देउवा निकटका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्ने पक्षमा रहे पनि अधिकांश नेताहरू आगामी वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला नियमित नभए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहे पनि त्यो कुरा स्वीकार्न संस्थापन पक्षका नेताहरू तयार छैनन् ।

पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताए। अहिले निर्वाचनमा केन्द्रित भएर वैशाखमा महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।