Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र लुम्बिनी तथा काठमान्डु र विराटनगर खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र लुम्बिनी तथा काठमान्डु र विराटनगर खेल्दै
  • ७ मंसिर २०८२, शनिबार ०८:१६

काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज ‘सुपर स्याटर्डे’ अन्तर्गत दुई खेल हुँदै छन् । आज पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्ने छन् । खेल बिहान सवा ११ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने छ ।

mulpatra

कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई हराएको थियो । कर्णाली पहिलो जितको खोजीमा हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गत संस्करणको खेलमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकालेको थियो ।

यस्तै आजको दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किङ्स खेल्ने छन् । खेल अपरान्ह साढे तीन बजेदेखि सुरु हुनेछ । काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल‌ हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

mulpatra mulpatra mulpatra

विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो । गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।

हालसम्म सुदूरपश्चिम रोयल्स २ खेलमा २ जितसहित ४ अंक जोडेर शीर्ष स्थानमा छ । समान १ जित निकालेका विराटनगर ,लुम्बिनी, चितवन र काठमान्डु क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छ छन् ।