Close

Recent Posts

आजदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा

आजदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा
  • १२ मंसिर २०८२, बिहीबार १०:२८

काठमाडौं– नेपालमा आज (बिहीबार) देखि एक सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

mulpatra

राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क÷२०–०००००१’ देखि ‘घ÷४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ ।

तत्कालीन समयमा संकेत नम्बर ‘ओ÷१८–०००००१’ देखि ‘क÷३७–९९९९९९’ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, राष्ट्र बैंकले संकेत नम्बर ‘ओ÷१८–०००००१’ देखि ‘क÷१९०३४५००’ सम्मका नोटमात्रै चलनचल्तीमा ल्याएको थियो ।

mulpatra mulpatra mulpatra

यस्तो छ एक सयको नयाँ नोटको विशेषता

नोटको अग्रभागमा

वायाँतर्फ सगरमाथाको चित्र रहेको
दायाँतर्फ लागिगुराँसको पानी छाप रहेको ।
मध्य भागमा नेपालको नक्सा रहेको ।

Image Source: © https://mulpatra.com