Close

Recent Posts

१५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौँ,अबको ध्यान एमालेतिर: प्रचण्ड

१५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौँ,अबको ध्यान एमालेतिर: प्रचण्ड
  • १३ मंसिर २०८२, शुक्रबार १६:३८

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताएका छन्।

mulpatra

धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै १५ वटा वाम घटकलाई एक ठाउँमा ल्याएर आफूहरूले रेकर्ड नै बनाएको जिकिर गरे।

उनले भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ, एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरू पनि यही पार्टीमा नै केन्द्रित हुनुपर्छ भन्ने जोड छ। सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिस्ट पार्टी राखेका हौँ। यहाँ अब कोही माओवादी छैन, अब कोही एकीकृत समाजवादी छैन।’

mulpatra mulpatra mulpatra

उनले एमालेभित्र रहेका क्रान्तिकारीहरूलाई पनि गहिरो गरी सोच्न आग्रह गरे।