Close

Recent Posts

महाधिवेशनको सम्मुखमा लोगो सार्वजनिक गर्दै एमाले अध्यक्षको आग्रह खुइल्याउने, होच्याउने, काम नगरौं

महाधिवेशनको सम्मुखमा लोगो सार्वजनिक गर्दै एमाले अध्यक्षको आग्रह खुइल्याउने, होच्याउने, काम नगरौं
  • १५ मंसिर २०८२, आईतवार १६:२१

काठमाडौं । महाधिवेशन प्रतिनिधि छनौट गरिसेको नेकपा एमालेले एघारौँ महाधिवेशनको लोगो आज सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा कार्यक्रममा बिच अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

mulpatra

सोही कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीभित्र हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएकोले् यो आवश्यकता अनुसार आफै परिवर्तन हुने बताएका छन् ।

उनले ‘महाधिवेशन हुँदा कमिटीमा कोही साथीहरू हट्ने, कोही नयाँ आउने यो त निरन्तर चलिरहने सिलसिला हो । पुनर्गठन हुनुपर्छ, हस्तान्तरण–पुस्तान्तरण गर्नुपर्छ भनेर जोडजोडले कराउनुपर्ने विषय नै होइन’ भन्दै जेनजी आन्दोलन पछि पार्टी भित्र बढेको उनको विरोधीहरुलाई जवाफ दिएका छन्

mulpatra mulpatra mulpatra

ओलीले पार्टीमा डेमोक्रेसीको कुरा गर्दै भने ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन । रोक्ने सोक्ने काम हुँदैन । प्रतिस्पर्धा हुन्छ, एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान् । नदिइएको होइन, मेरो आग्रह छ एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने ? त्यस्तो नगरौं ।‘