Close

Recent Posts

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
  • १८ मंसिर २०८२, बुधबार १५:०१

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार क्यानका महानिर्देशक अधिकारी सहित पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ गरेको हो ।

mulpatra

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि पक्राउ गरीएको बताइएको छ । ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएपनि हालसम्म २ जना मात्र पक्राउ परेका छन् भने बाँकी ४ जना फरार रहेका छन् ।