Close

Recent Posts

राजनीतिक दलबाट समानुपातिक सांसद हुन चाहनेहरुको सुचि पौष १४ भित्रमा बुझाइसक्नु पर्ने

राजनीतिक दलबाट समानुपातिक सांसद हुन चाहनेहरुको सुचि पौष १४ भित्रमा बुझाइसक्नु पर्ने
  • २० मंसिर २०८२, शुक्रबार ०८:५५

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको निर्वाचन प्रक्रियामा समानुपातिक तर्फ भाग लिन चाहने दलहरुले यही मंसिर २३ गते सम्म दर्ता गराइसक्नु पर्ने भएको छ । समानुपातिक सांसदहरुको सुचि भने पौष १३ र १४ गते बुझाइसक्नु पर्ने भएको छ ।

mulpatra

निर्वाचनको मिति आउन अब ९० दिन बाँकी रहँदा सरकारले निर्वाचनको आवश्यक तयारीलाई तीव्र पारेको छ ।
समानुपातिक निर्वाचन प्रणालीको प्रक्रिया मंसिर २१ गतेबाट शुरु हुने भएको छ । समानुपातिक निर्वाचन कार्यक्रम अन्र्तगत मंसिर २१ गते देखि २३ गते सम्म समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरुले निवेदन पेश गरिसक्नु पर्ने छ । समानुपातिक तर्फ दल दर्ता गरेका राजनीतिक दलहरुको नामावली मंसिर २४ गते विहान १० बजे देखि ४ बजे सम्म गरिसक्ने छ ।

माघ २० गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म उम्मेदवारको बन्दसुचि अन्तिम रुपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीका लागि मिति २०८२ माघ ६ गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने छ । सोही दिन उम्मेदवारको सुचि प्रकाशित गरिने र उम्मेद्वारी विरुद्ध उजुरी गर्ने समय माघ ७ गते बेलुकी ३ बजे सम्म हुनेछ । माघ ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र माघ ९ गते दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरेको छ भने सोही दिन ३ बजे सम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।