न्युन बिन्दुमा झर्‍यो मुल्यवृद्धि, सबै भन्दा कम पहाडमा

न्युन बिन्दुमा झर्‍यो मुल्यवृद्धि, सबै भन्दा कम पहाडमा
  • १ पुष २०८२, मंगलवार ०९:४७

काठमाडौं– चालु चालु आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशतमा झरेको छ ।

mulpatra

यसै वर्षको असोजमा १.४७ प्रतिशत रहेको नेपालको मुद्रास्फिति (मुल्यवृद्धि) दर कार्तिकमा १.११ प्रतिशतमा झरेको हो ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो ।

यता भारतमा भने सन् २०२५ नोभेम्बर महिनामा यस्तो मुद्रास्फीति ०.७१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वर्तमान वित्तिय स्थितिले यस्तो देखाएको हो ।

mulpatra mulpatra mulpatra

महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२÷८३ को चार महिनाकोऔसत मुदास्फीति १.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।

Image Source: © https://mulpatra.com

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८० प्रतिशत, मधेश प्रदेशको १.७३ प्रतिशत, बागमती प्रदेशको ०.८१ प्रतिशत, गण्डकी प्रदेशको ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.२६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत, तराईको १.२४ प्रतिशत, पहाडको ०.८८ प्रतिशत र हिमालको १.०६ प्रतिशत रहेको छ ।