नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • १ पुष २०८२, मंगलवार १६:३०

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ ।

mulpatra

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ ।

उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको एक सातामै त्यही विमानस्थलका प्रमुख रहेका व्यक्तिमाथि अर्को मुद्दा दायर गरेको हो ।

mulpatra mulpatra mulpatra