Close

Recent Posts

सरकारको राजस्व असुली लक्ष्य नजिक, ५ महिनामा उठायो ४ खर्ब ९ अर्ब ७८ करोड

सरकारको राजस्व असुली लक्ष्य नजिक, ५ महिनामा उठायो ४ खर्ब ९ अर्ब ७८ करोड
  • १ पुष २०८२, मंगलवार २०:५१

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुल लक्ष्यको ७८.७४ प्रतिशत राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयले सार्ववजनिक गरेको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सरकारले कुल सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।

mulpatra

यस अवधिमा ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसमध्ये अन्तःशुल्कबाट मात्र ७६ अर्ब भन्दा माथि राजस्व उठेको छ । यस्तो राजस्व अन्तःशुल्कमा दर्ता भएका मदिरा, वियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट संकलन हुन्छ । साथै यस्तो वस्तुको पैठारीमा समेत अन्तःशुल्क लाग्ने गर्छ ।

मंसिर महिनामा मात्र सरकारले ९५ अर्ब २० करोड रूपैयाँ राजस्व उठाउने लक्षय राखेकोमा ८० अर्ब २७ करोड रूपैयाँ संकलन भएको छ । मंसिर २९ गते मात्र ३ अर्ब ४४ करोड रूपैयाँ संकलन भएको छ ।

mulpatra mulpatra mulpatra

यस वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको यस अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो भने, मंसिरमा मात्र ८ ७६ अर्ब ७६ करोड रूपैयाँ उठाएको थियो ।