एक्सनमा कुलमानः वर्षौदेखि अलपत्र सिँचाइका २२ रुग्ण ठेक्का तोडियो
काठमाडौं– सरकारले काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडेको छ । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू २१५ ठेक्का मध्ये समस्याग्रस्त २२ ओटा ठेक्का तोडिएको हो । तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएसँगै ठेक्का सम्झौता गरी काम नगर्ने आयोजनाहरुको ठेक्का तोडिदै आएको छ ।
बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो। भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का टोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।
![]() |
![]() |
![]() |
|---|
सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ । यस आयोजना निर्माणका लागि पटेल–रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो।



