Close

Recent Posts

बैंकमै ७४ खर्ब ८६ अर्ब पैसा थुप्रियो, कर्जा नीतिमा गभर्नको जोड भएपनि लगानी हुँदैन

बैंकमै ७४ खर्ब ८६ अर्ब पैसा थुप्रियो, कर्जा नीतिमा गभर्नको जोड भएपनि लगानी हुँदैन
  • ५ पुष २०८२, शनिबार ०७:२०

काठमाडौं– नेपालको बैंकवित्तमा हाल ७४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ । राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले साना व्यबसायी र कृषिमा आधारित कर्जाका लागि अग्रसर हुन बैंकका सिइओहरुलाई निर्देशन समेत दिएका छन् । बैंकवित्तका सिइओहरुसँगको छलफलमा गभर्नर पौडेलले साना व्यबसायमा लगानी बढाउन निर्देशन दिएका हुन् ।

mulpatra

नेपालको बैंकवित्तमा ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप पुगेको छ । चालु आबको चार महिनामा ३.१ प्रतिशतले निक्षेपमा बृद्धि भएको छ । पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप रकम ३.१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप ३.१ प्रतिशतले बृद्धि भएको हो । हाल नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरुमा गरेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।

नेपाल राष्ट्र बैंकले साना व्यबसायी केन्द्रीत लगानीको नीति लिने भएको छ । बैंकवित्तमा अत्याधिक तरलता संकलन भएपछि यसलाई व्यबस्थापन गर्नका लागि केन्द्रीय बैंकले साना व्यबसायी केन्द्रीत कर्जानीति लिने भएको हो ।

mulpatra mulpatra mulpatra

राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले स्थानीय तहमा उद्यमशीलता बढाउन तथा कृषि कर्जामा लगानी प्रवाह गर्न सके देशको अर्थतन्त्रमा सकारात्मक योगदान हुने बताए । गभर्नर पौडेलले कर्जाको वितरण, किस्ता र व्याज भुक्तानीमा पनि नयाँ डिजाइन गर्न बेंकका सिइओलाई सुझाव दिएका छन् ।

कतिपय अवस्थामा परियोजना नै सञ्चालन नगरी ऋण चलाउने जस्ता कैफियत देखिएको केन्द्रीय बैंकले जनाएको छ । कर्जा विस्तार र ग्रामीण अर्थतन्त्रको विकासमा केन्द्रीय बैंकले नयाँ नीति लिने संकेत देखाएको छ । गभर्नर विश्वनाथ पौडेल विभिन्न जिल्लाको भ्रमण गरेर काठमाडौं फर्किएपछि उनले बैंकका सिइओहरुसँग छलफल गरेका हुन् ।

हाल बैंकवित्तमा ब्याज तिर्नकै लागि थप ऋण प्रयोग गर्ने पद्धतिको विकास हुँदै गएको छ । यसका कारण तोकिएको प्रयोजनमा ऋण खर्च नहुने उनले बताए ।

Image Source: © https://mulpatra.com

पछिल्ला महिनाहरुमा यो प्रवृत्ति धेरै छ । जेन्जी आन्दोलन पछि अर्थतन्त्रमा थप शिथिलता आएपछि यसबाट व्यक्ति तथा संस्थाको आर्थिक कारोबारमा असर परेको छ । केन्द्रीय बैंकका अनुसार एकलाख ५० हजार भन्दा धेरै व्यबसायीहरु कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो ४ महिनामा मात्रै २० हजार कालो सूचीमा थपीएका छन् । यो क्रम बढेर गएको छ ।

बैंकवित्तमा लगानीयोग्य रकम धेरै भएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ लगानी गर्ने जनाइएको छ । केन्द्रीय बैंकसँग भएको ४ अर्ब २४ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

आर्थिक मन्दीका कारण कालो सूचीमा पर्नेको संख्या बढेको छ । कर्जाका े कारण कालोसूचिमा पर्ने एकातिर छन् भने चेक बाउन्सका कारण कालो सूचीमा पर्नेको संख्याअर्कोतीर छ । व्यक्तिगत लेनदेनमा रकम नहुँदा पनि चेक काटेर दिने र खातामा पैसा नभएपछि कालो सूचीमा पर्नेहरु पनि छन् ।