Close

Recent Posts

कामदारको स्वास्थ्य परिक्षण गराउने मेडिकलसँगै म्याानपावरले नै लिन्छन् ७० प्रतिशत कमिशन, अनि हुन्छ पारदार्शी

कमिशनकै चक्करमा झुटो रिपोर्टमा विदेश जाँदा श्रमिकको मृत्यु

कामदारको स्वास्थ्य परिक्षण गराउने मेडिकलसँगै म्याानपावरले नै लिन्छन् ७० प्रतिशत कमिशन, अनि हुन्छ पारदार्शीकमिशनकै चक्करमा झुटो रिपोर्टमा विदेश जाँदा श्रमिकको मृत्यु
  • ७ पुष २०८२, सोमबार १४:०६

काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालमा आवद्ध स्वाथ्य व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गराएको पैसा म्यानपावर व्यवसायीलाई कमिशन दिनुपर्ने बताएका छन् ।

mulpatra

तीनै वटा संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वाथ्य परिक्षण गराएको ७० प्रतिशत कमिशन म्यानपावर व्यवसायीले श्रमिकको संख्या गनेर लैजाने गरेको बताए । उनीहरुले म्यानपावरले स्वास्थ्य परिक्षण गर्न पठाएका कामदारको कोटाका आधारमा पनि कमिशन लिने गरेको आरोप छ ।

सरकारले दुई हप्ता अघि नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार ५ सय रुपैयाँ बनाएको थियो । यस वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको विरोध गदै आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले बढेको शुल्क गत शुक्रबार नै खारेज गरि दिए । उनको निर्णयको मेडिकल सञ्चालकहरुले विरोध गरिरहेका छन् ।

यसमा कतिपय स्वास्थ्य मेडिकलमा पनि आवद्ध भएको र उनीहरुले सस्तो मुल्यमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गराउँदै आएका छन् । योसँगै म्यानपावर व्यवसायीको कमिशन पनि जोडिएपछि यस क्षेत्रमा समस्या भइरहेको सरकारको बुझाई छ ।

एक मेडिकल सञ्चालकले मूलपत्रलाई पठाएको एउटा स्टाटसमा यस्तो भनिएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षणसँग सम्बन्धित समस्याहरुको सामाधान लागि श्रम मन्त्रालयले २०८१ भदौ १३ गते स्वास्थ्य सचिव डा.दिपेन्द्ररमण सिंहको अध्यक्षमा एक कार्यदल गठन गरेको थियो । जसले २०७९ मंसिरमामा तत्कालिन श्रम मन्त्री शरदसिंह भण्डारीलाई प्रतिवेदन बुझाएको थियो ।

महासंघ र संघले श्रम मन्त्रालयले जानकारी गरेको निर्देशिकाले थपेको पैसामा स्वास्थ्य परिक्षण थालेको छ । सरकारले भने अघिल्लो साता देखि नै ९ हजार ५ सय शुल्क तोकेको थियो । यो निर्देशिका अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खारेज गरि दिए ।

प्रतिवेदनमा सुझाएको विषयलाई ध्याननै नदिई पुर्ब श्रममन्त्री शरद्सिंह भण्डारी र श्रम सचिव कृष्णहरि पुस्करले बिचौलियाहरुको प्रभावमा परेर शुल्क वृद्धि गराउने निर्णय गरेको आरोप लगाइएको थियो । तर श्रम मन्त्रालयको यस निर्देशिकालाई चुनौती दिएर वैदेशिक रोजगार व्यवसायीहरु नै सहमति खोज्नुको साटो आफु खुशी शुल्क तोकेर मेडिकल गर्न थालेका छन् । जसमा अहिले बजारमा तीन थरीको मेडिकल शुल्क तोकिएको थियाे । अहिले मेडिकल व्यवसायीले पुरानै शुल्कमा स्वास्थ्य परिक्षण गराउन थालेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण बीमामार्फत गराउने योजना पनि अघि बढाएको मूलपत्रलाई जानकारी दिए ।

स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदै छौ’, उनले भने । मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५०० बनाएको थियो । सरकारले गुणस्तरका लागि मात्र शुल्क बढाएको भनिएको थियाे ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारी जानेहरूलाई सीपमूलक तालिम दिने बहानामा विभिन्न ठगीका घटना बढेको उल्लेख गर्दै सरकारले आफैले तालिम दिने विषयमा पनि सोचिरहेको बताए । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा संयन्त्रगत रुपमा काम सुरु गरिएको पनि उल्लेख गरे ।

पछिल्लो समयमा थपिएको नेपाल स्वास्थ्य व्यवसायी सञ्चालक संघले भने ६ हजार ६ समयमै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण ५ हजार रूपैयाँमै गर्ने भनेर कतिपय व्यवसायीले प्रचार समेत गरिरहेका छन् ।

कमिशनकै ठुलो समस्या

वैदेशिक रोजगारीमा जानेलाई नेपालमा स्वास्थ्य परीक्षण गर्दा गलत रिपोर्ट दिइने गरेको एक सरकारी अध्ययनले पुष्टि गरेको छ । केही महिना अगाडी साझा सवालका सम्पादक अनिल अधिकारीले गरेको अनुसन्धानात्मक रिपार्टमा पनि यो पुष्टी भएको थियो । अधिकारीले कतिपय मेडिकलमा गएर गरेको अध्ययनमा २ हजार लिएर ६ हजार ५ सयमै स्वास्थ्य परिक्षणको रिपोर्ट बेचेको पनि सार्वजानिक गरेका थिए ।

जसका कारण नेपालमा दिइएको रिपोर्टमा स्वास्थ्य अवस्था राम्रो भएको देखिने तर विदेशमा पुगेर पुनः परीक्षण गर्दा समस्या देखिने कारण यही नै भएको अधिकारीले सार्वजनिक कार्यक्रमै बताउँदै आएका छन् । यसको जवाफ म्यानपावर व्यवसायी, सरकार र स्वास्थ्य परिक्षण गदै आएको मेडिकलले समेत अहिलेसम्म दिएको छैन भने सरकारले गम्भीर भएर अनुसन्धान गरेको छैन ।

नक्कली स्वास्थ्य परिक्षणकै कारण कतिपय श्रमिकलाई फर्काइने गरेको छ भने कतिपय त जटिल अवस्था भएपछि मात्र फर्किने गर्दा उपचारमा ढिला भइसकेको अधिकारी बताउँछन् ।

वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावरले ६ हजार ५ सयमा स्वास्थ्य परिक्षण गराएको भित्रबाटै ७० प्रतिशत कमिशन लिने, स्वास्थ्य परिक्षणमा असफल भएका कामदारको स्वास्थ्य ठिक भएकै रिपोर्ट बनाउन स्वास्थ्य व्यवसायीलाई धम्कीदिएर लगाउने, कमिशन नदिए कामदार बाहिरबाट स्वास्थ्य परिक्षणा गर्ने धम्की दिने र उनीहरुले नै सञ्चालन गरेको स्वास्थ्य मेडिकलबाट स्वास्थ्य परिक्षण गरेर पठाएका कामदार धेरै स्वास्थ्य परिक्षण फेल भएर फर्किएको एक स्वास्थ्य मेडिकल सञ्चालकले जानकारी दिए ।

उनलाई हामीले आफनो अपराध ढाकछोप गर्न मात्र यस्तो आरोप लगाएको हो भनेर प्रश्न समेत गरेको थियौं । उनले आफुसँग प्रमाण भएको र केही प्रमाण पनि दिएका छन् ।

म्यानपावरले कामदारको स्वास्थ्य परिक्षण गराउन पठाएबापत लिने कमिशनको चक्करका बारेमा प्रश्न सोध्न संघका अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेश बस्नेतलाई फोन गरेको थियौ । तर उनीहरुले फोन उठाएनन् । संघका अध्यक्ष र महासचिव यस्तो प्रश्न जवाफ दिनुभन्दा तर्किने गरेका छन् ।

यस्तै, श्रमिकको स्वास्थ्य सूचना प्रणालीलाई श्रमिकको अधिकारका रूपमा स्थापित गर्न आफ्नो स्वास्थ्यको विषयमा विश्वस्त बन्न सक्ने सफ्टवेयरको विकास गरी जुनसुकै स्थानमा सूचना प्राप्त गर्न सकिने व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान लागेको कामको प्रकृति अनुसार श्रमिकको स्वास्थ्य परीक्षण गरी भिसा प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्ण बजगाईले जानकारी दिए । हामीले विगतदेखि नै यस विषयमा आवाज उठाउँदै आएपनि सरकारले गम्भीर भएर काम नगरेको उनको आरोप छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय ७१ संस्था मापदण्डअनुसार भन्दै सूचीकरण गरेको छ । यसमध्ये मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा, साउदी अरबले १९ वटा, कतारको कतार भिसा सेन्टर, इजरायलका लागि ४ र कोरियाका लागि ३ र जापानको लागि ८ वटा मेडिकल सेन्टरले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।