फेरी रवि र बालेनबीच भेटवार्ता
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता सुरू भएको छ । कुपण्डोलस्थित कुमार बेनको निवासमा भेट भइरहेको हो ।

रवि र बालेनले मंगलबार राति ६ घन्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् । आगामी निर्वाचनका लागि सहकार्यका विषयमा वार्ता केन्द्रित रहने छ ।
वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन् ।
![]() |
![]() |
![]() |
|---|



