Close

Recent Posts

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते काठमाडौं ल्याइदै

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते काठमाडौं ल्याइदै
  • २९ जेष्ठ २०८३, शुक्रबार १६:०२

काभ्रेपलाञ्चोक– बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा आज भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

mulpatra

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

मृतकहरूको पहिचान तथा दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा उद्धार कार्य जारी छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।