नाउपा र नेपाली कम्युनिष्ट पार्टी बीच एकता सहमति

नाउपा र नेपाली कम्युनिष्ट पार्टी बीच एकता सहमति
  • १४ पुष २०८२, सोमबार २०:२७

काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ । सोमबार साँझ पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको छ।

mulpatra

एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा हुने सहमति भएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने र नाउपा पार्टीको संरचना भने आपसी सहमतिमा समायोजना गर्ने समेत सहमति भएको छ ।