Close

Recent Posts

जसपा नेपाल र लोसपाबिच सम्झौताः अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुर

जसपा नेपाल र लोसपाबिच सम्झौताः अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुर
  • २८ पुष २०८२, सोमबार ०७:१०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच पार्टी एकताका लागि १२ बुँदे सम्झौता भएको छ। आइतबार भएको सम्झौतासँगै ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ, जसले पार्टी एकता सम्पन्न नहुन्जेलसम्म संगठन सञ्चालन गर्नेछ।

mulpatra

समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षको जिम्मेवारी उपेन्द्र यादवले पाएका छन्। सम्झौताअनुसार समन्वय समितिअन्तर्गत ११ सदस्यीय सचिवालय गठन गरिनेछ।

सम्झौतामा एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने उल्लेख छ। पार्टी एकता तथा समायोजन प्रक्रिया प्रचलित कानुनबमोजिम अघि बढाइने र सो अवधिसम्म दुवै पार्टीका भातृ, शुभेच्छुक संगठन तथा विभागहरू समन्वय समितिको मातहतमा रहेर काम गर्ने सहमति भएको छ।

mulpatra mulpatra mulpatra

फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार चयन गर्दा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षर रहनेछ। साथै, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालले दिएको उम्मेदवारी फिर्ता लिने र एकीकृत पार्टीको झण्डा लोसपा नेपालको रहने सहमति पनि भएको छ।