विशेष महाधिवेशनले कांग्रेस मात्र होइन देश समेत बदल्न सक्छः विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन कांग्रेस बदल्न मात्र होइन देश बदल्नका लागि हो भनेर बताएका छन् । आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

सम्वोधनका क्रममा उनले कांग्रेसलाई टुक्र्याउने प्रयास नभई सिङ्गो पार्टीको नेतृत्व गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताए ।
उनले नेतृत्वलाई लक्षित गर्दै पुराना आनीवानी राखेर नयाँ भविष्य बनाउन नसक्ने समेत उनले बताएका छन् । उनले भने ‘कांग्रेस नेतृत्वले राजनीतिक अनुकुलता चिन्न सकेन’ ।
![]() |
![]() |
![]() |
|---|
राजनीतिक रुपमा बदलिएको परिस्थितिलाई विशेष महाधिवेशनले चिन्न सफल भएर अघि बढ्ने बताउँदै जो बदलीन सक्छ उसले बदल्न पनि सक्छ भन्दै देशमा उठेको विषम राजनीतिक परिस्थितिलाई बदलेर देश अघि बढाउन कांग्रेस सफल हुने उनले बताएका छन् ।
उनले भने “हामी सिङ्गो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्छौँ । सिङ्गो देशलाई नेतृत्व गर्ने दिशामा काम गर्छौँ,”
उनले विशेष महाधिवेशन कुनै भीड प्रदर्शन नभई अनुशासित र जिम्मेवार राजनीतिक जमातको अभिव्यक्ति भएको बताए ।



