Close

Recent Posts

काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैनः गगनकुमार थापा

काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैनः गगनकुमार थापा
  • २७ पुष २०८२, आईतवार २०:३९

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सम्वोदन गर्दै कांग्रेस ज्युँदो मान्छेहरुको पार्टी रहेको बताएका छन् । ज्युँदो मान्छेले नै समाजमा प्रश्न गर्छ, प्रश्न गरेपछि उत्तर खोज्न सक्छ भन्दै उनले ज्युँदो मान्छेले नै प्रश्न गर्ने बताएका हुन ।

mulpatra

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दै गर्दा बोल्न छाड्ने कोही छैन । हामी सबै बराबर छौँ,’ ।

साथै, उनले थप भने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईँहरूको प्रयासले काँग्रेसलाई ज्यूँदो राखेको छ ।’

mulpatra mulpatra mulpatra

उनले जेनजी आन्दोलनका क्रममा देखिएको रिस र आक्रोश भ्रष्टाचार, कुशासन र बेथितिसँग भएको बताए ।

‘नेपालका लाखौँलाख नरनारीहरूले सडकमा आएर रिस पोखेका हुन् । को सँग व्यक्त गरेको रु सरकारसँग । अनि सरकारमा को थियो रु हामी थियौँ,’ उनले भने, ‘संसद्मा को थियो रु हामीसँग । व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको हो । भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएको हो ।’

उनले थप भनेका छन्, ‘राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीको राजदेखि रिसाएको हो । रिसाएकै हो । चित्त दुखाएकै हो नि । हाम्रो अगाडिको प्रश्नलाई अनदेखा गर्ने, बेवास्ता गर्ने वा बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने भन्ने हो । विशेष अधिवेशन त्यसको एउटा प्रयास हो ।’

Image Source: © https://mulpatra.com

उनले कहिलेकाहीँ युद्ध हार्नका लागि तयार हुनुपर्छ भन्दै थपे, ‘हाम्रा सन्दर्भमा चिन्ता नलिनुस् । कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ । तयार छौँ । कहिले काहीँ ज्वालाका जागृत गर्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ । नेपाली काँग्रेसलाई ठिक ठाउँमा उभ्याउनका लागि ।’

काँग्रेस ठिक ठाउँमा हुँदा देशप्रतिको जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com