विश्वप्रकाश शर्माले सांगठानीक प्रतिवेदन पेश गर्ने
काठमाडौं । भृकुटी मण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठानीक प्रतिवेदन पेश गर्दैछन् । बिहान १० बजेदेखि सुरु हुने बन्दसत्रमा अर्का महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महामन्त्री शर्माको प्रतिवेदनमा पार्टीको विधानमा गर्नुपर्ने सुधार, संगठन संरचनामा गर्नुपर्ने सुधार, नीतिगत रूपमा पार्टीले सार्वजनिक गर्ने राष्ट्रिय प्रतिबद्धतासहितका विषय समेटिने बताइएको छ ।
सांगठनिक प्रतिवेदनमा पार्टीबाट एक व्यक्ति १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक सांसद मात्रै हुन पाउने व्यवस्था उल्लेख गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
‘केन्द्रदेखि वडासम्मै ३० वर्षमुनि र ३० देखि ४० वर्ष उमेर समूहका युवालाई क्लस्टर नै तोकेर प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेत प्रतिवेदनमा उल्लेख छ गरिएको छ ।
महामन्त्री थापाको प्रतिवेदनमा त्यसको समसामयिक राजनीतिक अवस्थाको समीक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीतिमा पार्टीले गर्ने नेतृत्वदायी भूमिका र अबको गन्तव्यसहितका विषय समेटिने बताइएको छ ।
यी दुवै प्रतिवेदनमा बन्दसत्रका सहभागीहरूको सुझावसहित पारित गरेपछि बन्द सत्रले नेतृत्व चयन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



