Close

Recent Posts

कांग्रेसको विशेष महाधिवेशनमा २६ सयमाथि प्रतिनिधि सहभागि, नयाँ नेतृत्व छान्ने बहस

कांग्रेसको विशेष महाधिवेशनमा २६ सयमाथि प्रतिनिधि सहभागि, नयाँ नेतृत्व छान्ने बहस
  • २८ पुष २०८२, सोमबार ११:४८

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी आयोजकले गरेका छन् । प्रचार प्रसार समितिका प्रमुख सुवास पोखरेलले महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै गणपूरक संख्या पुगिसकेको दाबी गरे ।

mulpatra

पोखरेलले कतिपय प्रतिनिधि आउने क्रम रहेकोले यकिन संख्या भन्न नमिल्ने बताए । यो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको काम पनि गर्ने वैधानिक व्यवस्था रहेकाले ५ सदस्यीय निर्वाचन समिति गठन हुने पोखरेलले बताए ।

उनका अनुसार विशेष महाधिवेशन एक दिन लम्बिने अवस्था रहेको र नेतृत्व चयनको प्रक्रियामा जाँदा थप एक दुई दिन लम्बिन सक्नेछ ।

mulpatra mulpatra mulpatra

भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए । उनका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।