देउवा नेतृत्वको केन्द्रीय समिति भङ्ग गर्न विशेष महाधिवेशनमा प्रस्ताव, हलबाट पनि हुटिङ्ग
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन गर्न प्रस्ताव भएको छ ।

विशेष महाधिवेशनको लागि बन्दसत्रको हलले पास गरेको कार्यविधिमा कार्यकाल सकिएको मौजुदा कार्यसमिति भंग गर्ने र १५औँ महाधिवेशन नहुँदासम्मको लागि नयाँ कार्यसमिति निर्वाचनको प्रस्ताव पेश भएको हो । जसलाई विशेष महाधिवशेनको हलले ध्वनीमतले पास गरेको छ ।
‘नेपाली कांग्रेसको चौधौँ महाधिवेशन २०७८ (मंसिर २४ देखी २८ बाट निर्वाचित मौजुदा केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन’ गर्ने प्रस्ताव हलले पारित गरेको हो ।
![]() |
![]() |
![]() |
|---|



