देउवा र कोइरालाले विश्वप्रकाशलाई सभापतिमा प्रस्ताव गर्दै, गगनले स्वीकार्छन् ?
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मालाई सभापति बनाउन छलफल गरेका छन् ।

बीच भेटवार्ता भएको छ। देउवा भेट्न निवास महाराजगन्जमा आफूनिकट नेताहरूलाई साथ लिएर कोइराला पुगेका हुन् । उनीहरुले महामन्त्री गगन थापालाई तल झर्न विश्व प्रकाश शर्मालाई सभापतिका लागि अघि सार्ने भएका छन् । यता गगनले के गर्लान् भन्ने अर्को प्रश्नको विषय बनेको छ ।
कोइरालासँग मिनेन्द्र रिजाल, जीवन परियार, बद्री पाण्डेलगायत नेताहरू पुगेका छन्। महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत पुगेपछि देउवाले आफू निकटसहित कोइराला पक्षधर नेताहरूसँग पनि छलफल थालेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
छलफलमा पक्षका पदाधिकारीसहित केन्द्रीय सदस्यहरू पनि सहभागी छन् । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन् ।



