नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आव्हान
काठमाडौँ। भृकुटी मण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको बेला नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आव्हान गरेको छ । भोलि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आव्हान गरेको विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरु आएका थिएनन् । विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको विषय उठाएपछि कांग्रेसमा विवाद बढ्दै गएको छ ।
![]() |
![]() |
![]() |
|---|



