कांग्रेस विशेष महाधिवेशनः सीताराम केसीको अध्यक्षतामा गठन गर्यो निर्वाचन समिति

कांग्रेस विशेष महाधिवेशनः सीताराम केसीको अध्यक्षतामा गठन गर्यो निर्वाचन समिति
  • २९ पुष २०८२, मंगलवार ११:१४

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुरानो निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेको छ ।

mulpatra

नयाँ निर्वाचन समिति डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा बनेको छ ।

यसअघिको खम्बबहादुर खाँतीको नेतृत्वमा भएको निर्वाचन समिति भंग गर्दैै बनाएको नयाँ समितिमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।

mulpatra mulpatra mulpatra

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।