जेनजी आन्दोलनमा ‘बालेन शाह हिंसात्मक प्रदर्शनका अगुवा’ गरेको ओलीको आरोप
काठमाडौं– पश्चिमा देशहरू खासगरी युरोप र अमेरिकी धुरीका देशहरूले नरुचाउने रुस, चीन, भारतलगायतका देश सदस्य रहेको सांघाई सहयोग संगठन (एससीओ)को सन् २०२५ को भेलामा पुग्ने सरकार प्रमुखमा केपी शर्मा ओली पनि थिए । उनले सोही भेलाको साइडलाइनमा रुसका राष्ट्रपति भ्यादिमिर पुटिनसँग भेट गरे ।

ओलीलाई शर्माले पहिलो प्रश्न सोधिन्, ‘तपाईंको सत्ता नै जाने आन्दोलन नेपालको अग्र्यानिक थियो कि नेपाली सीमाभन्दा बाहिरबाट बनाइएको योजना थियो ?’ ओलीले आफ्नो सरकार आर्थिक रूपमा फेल नभएको, संसदीय गणितमा पनि कमजोर नभएको भन्दै संसदमा कुनै अविश्वासको प्रस्ताव पास पनि नभएको बताए ।
आरटीकी अन्तर्वार्ताकार शर्माले पछिल्लो जेन–जी आन्दोलनमा बालेको भूमिका आलोचनात्मक भएको देखाइन् । उनले ‘बालेन शाह हिंसात्मक प्रदर्शनका अगुवा’ भनिन् । बालेनबारेमा सोधिएको प्रश्नमा ओलीले बालेन काठमाडौंको मेयरमा एकपटक विजय भएका ‘एक युवा ¥यापर’ भन्दै उनको राजनीतिक आगमनको स्वागत गर्ने बताए ।
![]() |
![]() |
![]() |
|---|
बालेनले नयाँ दल खोलेकोमा पनि ओलीले प्रसंग ल्याएर भने, ‘उनीहरू उत्तरादायी हुनुपर्छ । जनतामा जानुपर्छ ।’ बालेन प्रधानमन्त्री बन्ने एक चिया गफ मात्रै भएको भन्दै ओली आफू त्यसमा आबद्ध हुन रुचि नभएको भन्दै पन्छिए ।
नेपालमा ४० प्रतिशत युवा भएकोले युवा नयाँ नेता हुने कुरा कत्तिको सम्भावना छ भन्ने प्रश्नमा ओलीले मेयर बन्नुजस्तो सजिलो प्रधानमन्त्री बन्न नभएको भन्दै प्रधानमन्त्री बन्न अनुभव र अध्ययन हुनुपर्ने बताए । भने, ‘विश्वका विकसित देशहरूका नेता ७० कटेका छन् ।’
हल्ला गरिएजस्तो भ्रष्टाचारको कुरा पनि नभएको ओलीले भनेका छन् । सुशासन, भ्रष्टाचार निवारण र बन्द गरिएको सामाजिक सञ्जाल खुला गर्ने मात्रै माग भएको भन्दै ओलीले मागमा आफूले साथ दिएको बताएका छन् । उनले सर्वोच्च अदालतकै आदेशअनुसार सामाजिक सञ्जाललाई बन्द गरिएको बताएका थिए ।
Image Source: © https://mulpatra.com
युवा किन रिसाए त भन्ने प्रश्नमा भने ओलीले आफ्नो जिद्दीपन देखाएर भनेका छन्, ‘कोही पनि रिसाएका थिएनन् । विपक्षी पार्टीले आलोचना चैँ गरिरहेका थिए ।’
नेपालमा श्रीलंकामा सत्ता बहिर्गमन हुँदा श्रीलंकाजस्तै हुने र बंगलादेशमा हुँदा बंगलादेश हुने चर्चा व्यापक चलेको भन्दै ओलीले आफ्नो सत्ता बहिर्गमन षड्यन्त्रमूलक भएको अन्तर्वार्तामा बताएका छन् । आन्दोलनमा पर्खाल तोड्ने, फलाम काट्ने उपद्रो गर्ने जेन–जी नभएर अरु नै भएको भन्दै ओलीले तोडफोड र उपद्रो गर्नेहरूले योजनाबद्ध रूपमा त्यसो गरेको बताए ।
टीओबी समूहलाई संकेत गर्दै ओलीले बाइकमा आएको कुरा पनि जोडे । आफूले राज्यलाई दान दिएर संग्रहालय बनाउने घर पनि जलाएको ओलीले बताए । सुरक्षा निकाय र गृहमन्त्रीले जेन–जी अगुवाले शान्तिपूर्ण आन्दोलन हुने भनिसकेकाले आन्दोलनको अगाडि त्यस्तो कुनै संकेत नभएको ओलीले बताए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



