कांग्रेस महामन्त्रिद्वय गगन र विश्वप्रकाशसँग निर्णायक वार्तामा शेरबहादुर देउवासँग

कांग्रेस महामन्त्रिद्वय गगन र विश्वप्रकाशसँग निर्णायक वार्तामा शेरबहादुर देउवासँग
  • १ माघ २०८२, बुधबार ०९:२६

काठमाडौँ । कांग्रेस महामन्त्रिद्वय गगन र विश्वप्रकाशको आव्हानमा भृकुटीमण्डमा जारी विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा छिरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले दुबै महामन्त्रीलाई वार्तामा बोलाएका छन् । देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् ।

mulpatra

विशेष महाधिवेशन अस्विकार गर्ने भन्दै बसेका देउवालाई अन्तिमपटक सम्झाउन महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको बताइएको छ ।

विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत सदस्यले हस्ताक्षर गरेपछि निर्वाचन प्रक्रियामा छिर्न महामन्त्रीद्वयलाई दबाब परेको थियो । त्यसरी अघि बढेपछि संस्थापन पक्षले वार्तामार्फत कुरा मिलाउन पटक पटक वार्ता समेत बस्दा निकास निस्कन सकेको थिएन ।

mulpatra mulpatra mulpatra

दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकट कसको हस्ताक्षर हुने भन्ने विषय समेत छलफलमा रहेको र सो कुरा मिल्न सकेको थिएन ।

यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो । तथापि विशेष महाधिवेशनमा उपस्थिति सदस्यहरुको दबाब महामन्त्रीमा रहने र देउवा पछि नहट्ने संकेत बुझेकाले समेत सहमति हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।