माघे सङ्क्रान्तिमा यी राशिलाई हुँदैछ धनलाभ
काठमाडौं । माघे सङ्क्रान्ति मकर सङ्क्रान्ति तथा (माघी)े नामले चिनिने नेपालको एक प्रमुख चाडबाट यी राशिलाई फाइदा हुने योग जुरेको छ । ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई माघे वा मकर सङ्क्रान्ति भनिन्छ ।

यसदिन देखि सुर्य मकर राशिमा प्रवेश गर्ने र सूर्यको मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिएकोले यी राशिले मकर संक्रान्तिमा फाइदा लिन सक्ने योग छ ।
वृष राशिः
मकर संक्रान्तिले वृष राशिका मानिसहरूका लागि धन र अवसरको सुनौलो ढोका खोल्दैछ। व्यापारमा व्यवसायमा तपाईंले गरेको मेहनतको फल अब प्राप्त हुन सक्छ।
![]() |
![]() |
![]() |
|---|
सिंह राशिः
सिंह राशिका लागि यो समय मान–सम्मान र उन्नतिको सयम हो। सरकारी काम, पदोन्नति वा ठूला व्यक्तिसँग सम्बन्धित विषयमा सफलता मिल्न सक्छ।
तुला राशिः
तुला राशिका लागि मकर संक्रान्तिले सन्तुलन र स्थिरता ल्याउँदैछ। घर–परिवारमा सुख–शान्ति रहनेछ र कानुनी वा अड्किएका काममा राहत मिल्न सक्छ। बचत र धन संकलन बढ्ने योग छ।
मकर राशिः
मकर राशिका लागि यो पर्व आफ्नै शक्तिलाई चिन्नेको समय हो। व्यापार व्यवसायमा प्रगति र वरिष्ठहरूको सहयोग प्राप्त हुने सम्भावना छ। लामो समयदेखि रोकिएका कामहरू पूरा हुन सक्छन्।
Image Source: © https://mulpatra.com
मीन राशिः
मीन राशिका लागि यो संक्रान्तिले सुख–सुविधा र धनका नयाँ बाटो खोल्न सक्छ। व्यापार व्यवसायमा नयाँ अवसर वा प्रस्ताव प्राप्त हुन सक्छ। प्रेम जीवनमा जीवनसाथीसँग मनदेखि जोडिने अवसर मिल्नेछ।
मकर संक्रान्तिमा महिलाले अवश्य यी काम गर्नुहोला
– यस दिन स्नान गर्ने पानीमा कालो तिल मिसाएर नुहाउनु शुभ र शुद्धिदायक मानिन्छ।
– पहेंलो, सुन्तला वा केसरी रङको लुगा लगाउँदा सौभाग्य र सकारात्मक ऊर्जा बढ्छ।
– स्नानपछि सूर्यदेवको पूजा गरी जल अर्पण गर्नु स्वास्थ्य र आत्मबलका लागि उत्तम मानिन्छ।
– गुड र तिलबाट बनेका मिठाइ दान गर्दा घरमा मिठास र समृद्धि आउँछ।
– विवाहित महिलालाई श्रृगारको सामग्री दान गर्नु वैवाहिक सुख र आशीर्वादको प्रतीक मानिन्छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



