शेयर कारोबारमा नयाँ रेकर्ड : एकैदिन १६ अर्ब ३५ करोडको कारोबार
काठमाडौं । शेयरबजार परिसूचक नेप्से सोमबार सामान्य ३.०७ अंकले घटेर २ हजार ७६९.०९ बिन्दुमा झरे पनि कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार एकैदिन १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको ३ करोड ६२ लाख कित्ता शेयर किनबेच भएको हो ।

अघिल्लो दिन ५७ अंकले बढेको बजारमा १३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज बैंकिङ, फाइनान्स, इन्स्योरेन्स र माइक्रोफाइनान्स समूह घटे पनि होटल तथा पर्यटन, हाइड्रोपावर र म्युचुअल फन्ड समूह बढेका छन् ।
हिमालयन पावर पार्टनर, आँघुखोल जलविद्युत, मञ्जुश्री फाइनान्स र एसवाई प्यानल सबैभन्दा बढी कारोबार हुने कम्पनी बने । आज एसवाई प्यानलसहित ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
![]() |
![]() |
![]() |
|---|



