४२ अंकले घटेको सेयर बजारमा १४ अर्ब १६ करोड कारोबार
काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । हिजो ३.०७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ४२.५८ अंकले घटेको छ।

आज १.५३ प्रतशतले घटेको सेयर बजार मापक नेप्से परिसूचक २७ सय २६ दशमलव ५१ बिन्दुमा झरेको छ । नेप्से परिसूचसँगै आज कारोबार रकम पनि घटेको छ। यसदिन ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रूपैयाँमा कारोबार भएको छ।
हिजो ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर खरिद बिक्रि हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको करोबार भएको थियो।
घटेको बजारमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको सेयर मूल्य घटेको छ। आज सप्तकोशी विकास बैंकको सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक ६.९३ प्रतिशत घटेको छ।
![]() |
![]() |
![]() |
|---|
आज फाइनान्स समुह २.४४, वाणिज्य बैंक समुह १.४९, विकास बैंक समुह १, होटक तथा पर्यटन १.९०, हाइड्रोपावर १.४१ लगानी १.७०, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स १.४३, निर्जिवन बीमा १.७४ र अन्य समुहको उपसूचक १.९७ प्रतिशत घटेको छ।



