Close

Recent Posts

सुनको भाउ अचाक्ली, तोलामा ३ लाख १८ हजार नाघ्यो

सुनको भाउ अचाक्ली, तोलामा ३ लाख १८ हजार नाघ्यो
  • १५ माघ २०८२, बुधबार १२:१७

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । सुनआज एकैदिन तोला ९ हजार ५ सयले बढेर हालसम्मकै उच्च भएको छ ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ४३० रुपैयाँले बढेर ७ हजार ३०० कायम भएको छ । मङ्गलबार सुनको मूल्य तीन लाख ९ हजार ३०० र चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

mulpatra mulpatra mulpatra

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।