उद्योग बाणिज्य महासंघको निर्वाचन सर्यो
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको यही फागुन १ र २ गते हुने भनिएको प्रदेशको अधिवेशन र निर्वाचन सरेको छ । सातै वटै प्रदेशको अधिवेशन तोकिएको अवस्थामा प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण निर्वाचन सरेको हो ।

निर्वाचन आयोगसँगको छलफल पछि अधिवेशन सार्ने निर्णय भएको उपाध्यक्ष हेमराज ढकालले जनाएका छन् । महासंघको केन्द्रिय महाधिवेशन तथा निर्वाचन चैत्र २७–२९ काठमाडौंमा गर्ने निर्णय पहिल्यै नै भएको थियो । सोही कार्यकतालिका अनुसार प्रदेशको निर्वाचन तोकिएको थियो तर हाललाई प्रदेशको अधिवेशन तथा निर्वाचन हाललाई स्थगित गरिएको उपाध्यक्ष ढकालले जनाएका छन् ।
महासंघको विधान अनुसार फागुन भित्रै प्रदेशको महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ । तर प्रतिनिधिसभाको निर्वाचन आचारसंहिताले स्थगित भएको महाधिवेशन कहिले गर्ने भन्ने टुंगो भने लगाएको छैन ।
![]() |
![]() |
![]() |
|---|



