सुनको भाउ प्रति–तोला ३ लाख ३९ हजार ३ सय पुग्यो
काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मूल्य ७ हजार ५०५ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र त्यति नै चाँदीको मोल ७ हजार ३०० कायम भएको थियो ।
यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मूल्य ६ हजार ८७० कायम भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



