Close

Recent Posts

एकैदिन तोलामा २० हजार ५ सयले घट्यो, चाँदीको पनि

एकैदिन तोलामा २० हजार ५ सयले घट्यो, चाँदीको पनि
  • १७ माघ २०८२, शुक्रबार ११:२६

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। हिजो एकैदिन २० हजार ५०० रुपैयाँले बढेको सुनको भाउ आज २० हजार ५०० रुपैयाँले नै घटेको हो।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ तोकिएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो।

यस्तै आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ। आज एकैदिन ४४० रुपैयाँले घटेर चाँदीको भाउ ७ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ तोकिएको थियो।

mulpatra mulpatra mulpatra

यस्तै अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनचाँदीको भाउमा गिरावट देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज हिजोको तुलनामा ३ प्रतिशतभन्दा बढी घटेर प्रतिऔँस ५,२०० देखि ५,२३० अमेरिकी डलर सम्म कारोबार भइरहेको छ। हिजो मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनले प्रतिऔँस ५,५९१ डलर पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो।

यस्तै चाँदीको मूल्यमा पनि आज अन्तर्राष्ट्रिय बजारमा ठुलो गिरावट आएको छ। हिजो प्रतिऔँस १२१ अमेरिकी डलरको कीर्तिमानी उचाइमा पुगेको चाँदी आज करिब ४.३ प्रतिशतले घटेर ११० देखि ११३ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।