महाशिवरात्रीका लागि गठन गरियो १७१ सदस्यीय मूल समारोह समिति

महाशिवरात्रीका लागि गठन गरियो १७१ सदस्यीय मूल समारोह समिति
  • २६ माघ २०८२, आईतवार ०७:११

काठमाडौं । यस बर्षको महाशिवरात्री पर्व फागुन ३ मा परेको छ । महाशिवरात्री तयारी र व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

mulpatra

यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको मूल समारोह समितिमा काठमाडौं महानगरपालिका–८ को कार्यालयसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई सदस्यका रूपमा समावेश गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार उक्त समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी र व्यवस्थापनमा जुटिरहेको छ ।

महाशिवरात्री तयारी र व्यवस्थापनका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरि उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार पशुपति क्षेत्रमा आवश्यक व्यवस्थापन गरिरहेका छन् ।

mulpatra mulpatra mulpatra