आज महाशिवरात्रि, पशुपतिनाथ लगायत देशभरका शिवालयमा विशेष पूजा–आराधना गरिँदै

आज महाशिवरात्रि, पशुपतिनाथ लगायत देशभरका शिवालयमा विशेष पूजा–आराधना गरिँदै
  • ३ फाल्गुन २०८२, आईतवार ०६:५१

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका रुपमा व्याख्या गरिएको महाशिवरात्रि पर्व आज पशुपति लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । भगवान् शिवको उत्पत्तिसँग सम्बन्धित पवित्र रातका रूपमा महाशिवरात्रि पर्वलाई मनाइन्छ ।

mulpatra

फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा पर्ने यो पर्वका अवसरमा राजधानी काठमाडौँस्थित पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा विशेष पूजा, आराधना, व्रत र दर्शन भइरहेको छ।

धर्मशास्त्रीय मान्यताअनुसार फागुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवरूप धारण गरेको विश्वास गरिन्छ। यही कारण चतुर्दशी तिथि मध्यरातमा पर्ने दिन पूजा, आराधना र दर्शन गरेमा यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

mulpatra mulpatra mulpatra

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो। शिव पुराणलगायत विभिन्न ग्रन्थमा यस पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख पवित्र रात्रिमध्ये एकका रूपमा वर्णन गरिएको छ। आशुतोष अर्थात् छिट्टै प्रसन्न हुने भगवान् शिवको अत्यन्त प्रिय दिन मानिने यस पर्वलाई दीन–दुःखी तथा कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने अवसरका रूपमा लिइन्छ।

व्रतमध्ये सर्वोत्तम मानिने महाशिवरात्रिमा भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गर्ने, निर्जल वा फलाहार व्रत बस्ने, रातभर जागरण गर्ने तथा ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्ने परम्परा छ। शिवलिङ्गमा दूधको अभिषेक, बेलपत्र, धतुरो अर्पण र शिव महिमा कीर्तन यस दिनका प्रमुख धार्मिक कर्म मानिन्छन्। यस्तो साधनाबाट भोग र मोक्ष दुवैको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।

आजको दिन भगवान् शिवलाई जाडो लाग्ने जनविश्वासअनुसार घर–घर, चोक र मठमन्दिरमा धुनी बाल्ने, भजन–कीर्तन गर्ने र सोही आगोमा तयार गरिएको प्रसाद ग्रहण गर्ने चलन पनि रहिआएको छ।

Image Source: © https://mulpatra.com

पशुपतिनाथमा चार प्रहरको विशेष पूजा

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने महाशिवरात्रिमा आज पशुपतिनाथ मन्दिरमा चार प्रहरमा विशेष पूजा आयोजना गरिएको छ। प्रत्येक प्रहरमा फरक–फरक विधिबाट पूजा गरिनुका साथै महादीप, अखण्डदीप, लक्ष्यबत्ती, दीपोत्सव र लाखौँ बेलपत्र अर्पण गरिन्छ। कैलाशकुट र किरातेश्वर क्षेत्रमा शास्त्रीय नृत्य–सङ्गीत तथा भजन–कीर्तनको पनि आयोजना गरिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com