शिवरात्रिको महत्व र महाशिवरात्रीको जागरणको रात
काठमाडौं– महाशिवरात्री एउटा अवसर वा सम्भावना हो— प्रत्येक मनुष्यभित्र हुने त्यो विशाल शून्यताको सम्पर्कमा आउन वा त्यसलाई अनुभव गर्न । त्यही विशाल शून्यता वा खालीपन, जुन सम्पूर्ण सृष्टिको स्रोत हो ।

एक वर्षमा १२ १३ शिवरात्रिहरू पर्छन्, जसमध्ये माघ ९वा फाल्गुन० मा पर्ने शिवरात्रिलाई महाशिवरात्री भनिन्छ, जुन आध्यात्मिक दृष्टिले सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ ।
एकतर्फ शिवलाई संहारक वा विनाशक भनिन्छ, जबकि अर्कोतर्फ, उनलाई अत्यन्तै करुणामयी भनेर चिनिन्छ । उनलाई महान् दाता समेत पनि भनिन्छ । योग–गाथा शिवको करुणा बारे थुपै कथाहरूले परिपूर्ण छ ।
![]() |
![]() |
![]() |
|---|
उनको करुणा व्यक्त गर्ने तरिकाहरू एकैसाथ अविश्वसनीय र आश्चर्यजनक रहेका छन् । त्यसैले, महाशिवरात्रि केही ग्रहण गर्नको लागि एउटा विशेष रात हो ।
आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्री निकै महत्त्वपूर्ण हुन्छ । जो मानिसहरू घर गृहस्थीमा छन् वा जो संसारमा केही गर्ने महत्त्वकांक्षा हुन्छ, उनीहरूका लागि पनि महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ ।
घर– गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् । सांसारिक महत्त्वकांक्षा हुने मानिसहरू यस दिनलाई शिवले आफ्ना सबै शत्रुहरूलाई परास्त गरेको दिनको रूपमा हेर्ने गर्छन् ।
Image Source: © https://mulpatra.com
तर, तपस्वी र साधकहरूका निम्ति महाशिवरात्री त्यो दिन हो, जहाँ शिव कैलाश पर्वतमा विलिन भई एक भएका थिए । उनी पर्वत जस्तै बने— पूर्णतया स्थिर वा निश्चल । यौगिक परम्परामा, शिवलाई कुनै भगवान्को रूपमा पूजा गरिँदैन।
बरु, उनलाई आदिगुरु अर्थात् पहिलो गुरु भनिन्छ, जसबाट योगको विज्ञान उत्पत्ति भयो । कैयौँ सहस्राब्दिको ध्यानपछि, एकदिन उनी पूर्णतया स्थिर (निश्चल) भए । सोही दिनलाई शिवरात्री भनिएको हो । उनीभित्रको सबै गतिविधिहरू रोकिए अनि उनी नितान्त स्थिर भए— अतः साधकहरूको दृष्टिमा महाशिवरात्रि स्थिरताको रात हो।
तर, अन्धकारले सबैथोक ढाकेको हुन्छ, यो जताततै हुन्छ । अपरिक्व दिमागहरूले अन्धकारलाई सदैव दानव वा राक्षसको रूपमा प्रस्तुत गरेका छन् ।
तर, जब तपाईं दिव्यतालाई सर्वत्र फैलिएको भनेर व्याख्या गर्नुहुन्छ, तपाईं अवश्य नै दिव्यलाई अन्धकार भनिरहनु भएको हुन्छ, किनकि अन्धकार मात्रै सर्वत्र–व्याप्त हुन सक्दछ । यो जहीँकहीँ हुन्छ । यसलाई कसैको पनि सहाराको चाहिँदैन ।
प्रकाश सधैँ यस्तो स्रोतबाट आउँछ, जसले आफैँलाई जलाउँदछ । यसको सुरु र अन्त्य हुन्छ । यो सधैँ सीमित स्रोतबाट आउँछ । अन्धकारको कुनै स्रोत हुँदैन । यो स्वयं आफैँमा स्रोत हो । यो सर्वत्र–व्याप्त हुन्छ, सर्वव्यापी हुन्छ, जताततै उपस्थित हुन्छ ।
अतः जब हामी शिव भन्छौँ, त्यो अस्तित्वको विशाल खालीपन हो । यही विशाल खालीपनको काखमा सम्पूर्ण सृष्टि घटिरहेको छ । खालीपनको त्यस काखलाई हामी “शिव” भन्छौँ ।
प्रकाश सधैँ यस्तो स्रोतबाट आउँछ, जसले आफैँलाई जलाउँदछ । यसको सुरु र अन्त्य हुन्छ । यो सधैँ सीमित स्रोतबाट आउँछ । अन्धकारको कुनै स्रोत हुँदैन । यो स्वयं आफैँमा स्रोत हो ।
यस संस्कृतिमा, पहिले–पहिले हाम्रा प्रार्थनाहरू आफूलाई बचाउने, आफ्नो सुरक्षा गर्ने वा अझ राम्रो गर्ने बारेमा हुँदैनथे । सम्पूर्ण प्राचीन प्रार्थनाहरू यत्ति हुन्थे— “हे भगवान् ! मलाई नष्ट गरिदिनु होस्, ताकि म पनि तपाईं जस्तै बन्न सकूँ ।”
तसर्थ, जब हामी शिवरात्रि भन्छौँ, यो हामीमाझ एउटा यस्तो अवसर हो, जहाँ हामी आफ्ना सीमितताहरूलाई विलिन हुन दिएर सृष्टिको स्रोतको त्यस असीमितता अनुभव गर्न सक्दछौँ— त्यो असीमपन, जुन प्रत्येक मनुष्यमा हुने बीउ हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



