Close

Recent Posts

निर्वाचन आयोगले समानुपातिक सांसदको बाँडफाँड टुङ्ग्यायो

निर्वाचन आयोगले समानुपातिक सांसदको बाँडफाँड टुङ्ग्यायो
  • २९ फाल्गुन २०८२, शुक्रबार ०८:१५

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक मतगणना समेत सम्पन्न भएको छ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ ।

mulpatra

आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको हो । समानुपातिकमा जम्मा एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड ८ लाख ३५ हजार २५ मत सदर भएको थियो ।

गणना भएको सदर मतका आधारमा आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो । आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।

mulpatra mulpatra mulpatra