बालेन शाह प्रधानमन्त्री नियुक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिए ।

प्रधानमन्त्री नियुक्त भएपछि शाहले आजै १२ बजेर ३४ मिनेटको शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
बालेन शाहको सपथ ग्रहकाका क्रममा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरि ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ । त्यसपछि उनी सोही दिउँसो २ः १५ बजे सिंहदरबार जाने तयारी रहेको छ ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी रास्वपाले गराएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



