अध्यक्षको असक्षमताको वैदेशिक रोजगारी मारमा, फुर्ती देखाउँदा परराष्ट्र–श्रम मन्त्रालयकै वेवास्ताअरुकै पालामा भएको काम मैले गरेको भन्दै बित्यो वर्षदिन
काठमाडौं– गत वर्षको चैतमा वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ आए । उनी संघको नेतृत्वमा आएको १ वर्ष भयो ।

यो अवधिमा उनले आफुले काम गरेको फुर्ती मात्र देखाए । तत्कालिन कार्यसमिति र पुरानो कार्यसमितिले गरेको काम आफुले गरेको भन्दै १ वर्ष बिताएको व्यवसायीकै आरोप छ ।
उनी संघको नेतृत्वमा आएपछि ४ जना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । जसमा ३ जना त फेरिए । ३ जना मन्त्रीसँग निटक रहेको देखाउनुभन्दा केही काम गरेनन् ।
![]() |
![]() |
![]() |
|---|
अध्यक्ष गुरुङलाई चिया गफभन्दा श्रममन्त्री शरद्सिंह भण्डारी, राजेन्द्रसिंह भण्डारी र दिपक शाहले स्थान दिएनन् । मन्त्रालयमा पुगेको उनको गफ मात्र सुनेपनि गुरुङलाई अध्यक्षको दर्जा समेत नदिएको श्रम मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।
श्रम मन्त्रीले मात्र होइन । उनलाई वैदेशिक रोजगार विभागले पनि त्यति महत्व दिएको देखिन । उनी संघको नेतृत्वमा आएपनि वैदेशिक रोजगारीमा देखिएको कुनैपनि समस्या समाधान भएनन् । यसको अर्थ उनलाई श्रममन्त्री, सचिव र महानिर्देशकले अध्यक्ष असंक्षम ठानेको अहिले व्यवसायीकै बुझाइ छ ।
तर उनले अध्यक्ष भएर आएयता व्यवसायीभन्दा वैदेशिक रोजगारी क्षेत्रमा बिचौलिया र सिण्डिकेटधारीका लागि मात्र काम खोजेको म्यानपावर व्यवसायीकै आरोप छ ।
Image Source: © https://mulpatra.com
गुरुङलाई केही वैदेशिक रोजगार सिण्डकेटधारीले नै अध्यक्षमा ल्याएका थिए । उनीहरुले आफनो स्वार्थका लागि गुरुङलाई नेतृत्वमा ल्याएपछि उनले पनि सिण्डिकेटधारीकै पक्षमा बढी काम गर्न खोजे ।
गत विहिबारदेखि श्रम स्वीकृति खुल्छ भन्दै संघका अध्यक्ष भुवन र उनीनिटक केही व्यवसायीले म्यानपावरबीच भ्रम फैलाउन थालेका थिए । साथै उनले रातारात उच्च कर्मचारीलाई पैसा दिनुपर्ने भन्दै व्यवसायीसँगै पैसा उठाउन थालेको एक म्यानपावर व्यवसायीले जानकारी दिए । यो त पछिल्लो घटना हो ।
यति मात्र होइन पछिल्लो समय संघमा उनको विकल्प खोज्न थालेपछि उनै गुरुङ श्रम मन्त्रालयमा गएर फोटो खिच्ने र व्यवसायीलाई धम्काउन देखाउने गरेपछि उनीसँग ९० प्रतिशतभन्दा बढी व्यवसायी असन्तुष्ट छन् । जसका कारण उनलाई अध्यक्ष छाड्न समेत धेरै व्यवसायीले सुझाव दिए ।
योसँगै उनीले एक वर्षमा ३ जना मन्त्रीसँग काम गर्ने मौका पाए । तर उनले २ जना मन्त्रीसँग मिलेर व्यवसायीलाई दुख दिने कामतिर मात्र लागेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।
एक वर्षको अवधिमा श्रम मन्त्रालय पुगेर मन्त्रीको कार्यकक्ष अथवा ढोका अगाडी फोटो खिच्दै व्यवसायीको ग्रुपमा आफु मन्त्री, सचिव र श्रमका कर्मचारीनजिक रहेको भन्दै भ्रम फैलाए । योसँगै उनले आफनो विरोधमा बोल्न व्यवसायीलाई धम्क्याउन पनि थाले । कतिपयलाई छापा पनि हान्न लगाएको व्यवसायीकै आरोप छ ।
हाल अधिकांश म्यानपावर व्यवसायीले गुरुङले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपारका हकका काम गर्न नसकेको भन्दै उनलाई निकामे भनिरहेका छन् । उनी संघको नेतृत्वमा आएपछि यूएईको प्रहरी रिपोर्ट, जापान रोजगारी र मलेसियाकै स्वास्थ्य सिण्डिकेटधारी पछि लागे आफनो व्यवसायीमा मात्र ध्यान दिए ।
संघकै अध्यक्ष गुरुङले नै मलेसियाबाट ९ हजार रिंग्रेटसम्म भिसा किनेर ल्याइ कामदार पठाउने, व्यक्तिगत भिसामा कामदार पठाउने, म्यानपावर व्यवसायीलाई आफुविरुद्ध लागेको भन्दै छापा हान्न लगाउने र केही वाहानामा म्यानपावर व्यवसायीसँग पैसा समेत असुल्ने गरेको व्यवसायीकै आरोप छ ।
अहिले म्यानपावर व्यवसायी त्रासमा छन् । एकतिर भखरै मात्र खाडीको श्रम स्वीकृति खुलेको छ । उनीहरुका हकमा सरकारले नीगित सुधारमा ध्यान नदिँदा व्यवसायी फ्रि भिसा र टिकटको समाधान खोज्दै छन् । युरोप रोजगारी संस्थागत सरकारले नगर्दा धेरै कामदार भारतको बाटो हुँदै गइरहेका छन् ।
यसको आरोप पनि उनै म्यानपावर व्यवसायीमाथि लागेको छ । तर यी सबै समस्या समाधान गर्न संघका अध्यक्षले काम गर्न त सकेनन् । व्यवसायीसँग छलफल पनि गरेनन् । उनी नेतृत्वमा आएपछि व्यवसायीसँग झगडा गर्ने, व्यवसायीलाई फोन गरेर धम्क्याउने र आफनो स्वार्थका लागि मात्र श्रम मन्त्रालय धाउने गरे ।
जसका कारण उनलाई २ जना श्रम मन्त्री र सचिवले पनि असंक्षमको संज्ञा दिए । उनको असक्षमताको कारण वैदेशिक रोजगार व्यवसायका कतिपय महत्वपुर्ण माग नै ओझेलमा परे ।
तत्कालिन श्रम मन्त्रीहरुले फ्रि भिसा र टिकट नदिने कम्पनीका हकमा १ महिनाको सेवा शुल्क लागू गर्ने प्रक्रिया अघि बढाएकै बेला उनै गुरुङले मन्त्रीलाई आर्थिक लोभ देखाउँदा यो काम पनि रोकिएको श्रम मन्त्रालय एक उच्च कर्मचारीले जानकारी दिए ।
योसँगै युरोपको रोजगारी पनि संस्थागत गर्ने तत्कालिन श्रम मन्त्रीहरु श्रममन्त्री शरद्सिंह भण्डारी र राजेन्द्रसिंह भण्डारीले प्रक्रिया अघि बढाएको थिए । यसमा आर्थिक प्रलोभन देखाएर गुरुङनै अवरोध बने । दुवै जना मन्त्रीले फ्रि भिसा र टिकट नदिने कम्पनीका हकमा १ महिनाको सेवा शुल्क लागू तयारीमा थिए । तर गुरुङले आर्थिक प्रलोभन देखाएपछि काम रोकिएको ती कर्मचारीको दाबी छ ।
यसैगरी, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल छन् । हाल अध्यक्षको पक्षमा खोखाली मात्र छन् । भन्ने अध्यक्षलाई सल्लाहकार हटाएको विषयमा स्पष्टीकरण सोधेर ३ हप्ते कारवाही गरी संघको कार्यवाहक अध्यक्ष श्रेष्ठलाई दिएको छ ।

अन्य उपाध्यक्ष उनको विपक्षमा छन् । यसका कारण भनेको गुरुङले आफुपनि काम नगर्ने, कुरै नसुन्ने, उपाक्ष्यक्षहरुलाई जिम्मेवारी समेत नदिने र संघभित्र मनोमानी गरेका कारण उपाध्यक्षहरु उनको विपक्षमा छन् ।
महासचिवमा महेशकुमार बस्नेत गुरुङ प्यानलबाट निर्वाचित हुन् । युवा भएका कारण उनीसँग अन्य व्यवसायीको पनि आस थियो । तर उनै अध्यक्षका कारण काम गर्न समस्या र नपाएको अहिले महासचिव व्यवसायीमाझ गरिरहेका छन् ।

सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली छन् । उनीहरुपनि युवा व्यवसायी हुन् । तर संघका अध्यक्ष गुरुङले व्यवसायीका लागि सरकारसँग आफुपनि समन्यवन नगर्ने र अरु पदाधिकारीलाई समेत काम गर्न अवरोध गर्न थालेपछि अहिले संघभित्र भाँडभैलो छ ।
यसका मुख्य कारण भनेको संघकै २ सल्लाहकार नवराज केसी र धनलाल जैसीलाई अध्यक्ष गुरुङले एकतर्फी संघको सल्लाहकारबाट हटाएपछि भाँडभैलो सुरु भएको हो ।

संघका पदाधिकारीले व्यवसायीका समस्या समाधानका लागि केही सुझाव दिएपछि अध्यक्ष भने आफुनिटक भिसा बिचौलिया र सिण्डिकेटधारीसँग सल्लाह लिन पुग्ने गरेको गुरुङनिटक नै संघका एक सदस्यले जानकारी दिए ।
अध्यक्षसँग व्यवसायी चलाउने दम्भ छैन । जसका कारण अन्य व्यवसायीको भरमा संघ चलाउन खोज्ने गरेको उनको आरोप छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



