Close

Recent Posts

इरानसँगको युद्धविरामलाई लम्बाउने घोषणा

इरानसँगको युद्धविरामलाई लम्बाउने घोषणा
  • ९ बैशाख २०८३, बुधबार ०९:०४

काठमाडौँ । मध्यपुर्वमा जारी इरान अमेरिका बीच भएको युद्धविराम लम्बिएपछि मध्यपुर्व केही दिनका लागि भएपछि शान्त भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्बाउने घोषणा गरेका छन्।

mulpatra

पाकिस्तानको आग्रहपछि ट्रम्पले युद्धविराम समय लम्ब्याएको बताएका हुन् । पुर्व घोषित समयअनुसार आज सकिन लागेको युद्ध विराम थप भएपछि भने इरानको प्रतिक्रिया आएको छैन । इरानको अर्धसरकारी समाचार संस्था तासनिमले युद्धविरामबारे तेहरानको धारणा औपचारिक रूपमा पछि सार्वजनिक गरिने उल्लेख गरेको छ। ट्रम्पले भने युद्ध अन्त्यका लागि प्रस्ताव ल्याउन तेहरानलाई थप समय उपलब्ध गराउन समय थप गरेको बताएका छन्।

ट्रम्प युद्धविरामबारे आफ्नै पूर्व भनाइबाट एकाएक पछि हटेका हुन्। युद्धविराम लम्ब्याउने घोषणा गर्नुभन्दा एक घण्टाअघि उनले सामाजिक सञ्जालमा युद्धविराम नलम्ब्याउने बताउँदै इरानका संरचनाहरूमा ठूलो आक्रमण गर्ने समय नजिकिएको बताएका थिए।

mulpatra mulpatra mulpatra

ट्रम्पले समयसीमा उल्लेख नगरि युद्धविरामको घोषणा गरेकाले वार्ता टुंगोमा पुग्नेमा पाकिस्तान विस्वस्त रहेको पाकिस्तानले जनाएको छ ।