पार्टी अध्यक्षको गिरफ्तारी गैरकानुनी भन्दै एमाले सचिवालयले घोषणा गर्यो संघर्षका कार्यक्रम
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आज विहानै प्रहरीले पक्राउ गरेपछि आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । गैरकानुनी पक्राउका विरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको उपहासचिव योगेश भट्टराईले जानकारी दिए।
![]() |
![]() |
![]() |
|---|
प्रत्येक जिल्लामा आइतबार चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको उनले बताए।
चौथो कार्यक्रमका रूपमा लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गर्ने निर्णय भएको उनले बताए।
जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएपछि प्रहरीले आज बिहान एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



