Close

Recent Posts

चाँडै इरान–इजरायल युद्ध अन्त्य हुने ट्रम्पको घोषणा

चाँडै इरान–इजरायल युद्ध अन्त्य हुने ट्रम्पको घोषणा
  • १८ चैत्र २०८२, बुधबार ०७:२७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान–इजरायल युद्ध छिट्टै अन्त्य हुने घोषणा गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना इरानबाट बाहिरिने र युद्ध लामो समय नलम्बिने बताएका हुन्। उनका अनुसार युद्ध अन्त्यका लागि औपचारिक कूटनीतिक सम्झौता अनिवार्य नभए पनि अमेरिकाले आफ्नो रणनीतिक लक्ष्य हासिल गरिसकेको छ।

mulpatra

अमेरिकाले इजरायल सँगको समन्वयमा इरान विरुद्ध सुरु गरेको सैन्य अभियान “अपरेसन एपिक फ्युरी” मार्फत इरानको आणविक क्षमतामा ठूलो क्षति पुर्‍याइएको ट्रम्पको दाबी छ। उनले इरानले अब कहिल्यै आणविक हतियार विकास गर्न नसक्ने विश्वास व्यक्त गर्दै अमेरिकी सेनाले ‘अन्तिम चरणको काम’ पूरा गरिरहेको बताएका छन्।

यद्यपि ट्रम्पले इरानको शासन परिवर्तन अमेरिकाको उद्देश्य नरहेको स्पष्ट पारेका छन्। युद्धको सुरुवाती चरणमा सत्ता परिवर्तनको संकेत दिएका उनले अहिले भने मुख्य लक्ष्य इरानको आणविक कार्यक्रम रोक्नु मात्रै रहेको बताएका हुन्। साथै उनले इरानको सैन्य संरचना कमजोर भइसकेको र वार्ताका लागि इरानी पक्षले संकेत गरिरहेको दाबी पनि गरेका छन्, तर इरानले यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ।

mulpatra mulpatra mulpatra

यसैबीच, युद्ध अन्त्यका लागि पाकिस्तान, इजिप्टलगायत देशहरूले मध्यस्थता प्रयास गरिरहेका छन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले वार्ता प्रक्रिया जारी रहेको र आवश्यक परे सैन्य कारबाही अझै अघि बढाउन तयार रहेको चेतावनी दिएका छन्।